काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीको नेतृत्व अहिले कुनै हालतमा पनि परिवर्तन नहुने दाबी गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महाधिवेशन भएकाे ६ महिना पनि पूरा नभएकाले नेतृत्व परिवर्तन सम्भव नभएको बताए ।
उनले भने, ‘यही नेतृत्व र नीतिले पार्टीलाई एक वर्षभित्रै पहिलाकै अवस्थामा फर्काउँछौँ । हाम्रो छिट्टै केन्द्रीय समिति बैठक बस्छ । सबै रिपोट हेरेर समीक्षा गर्छौँ । कुनै व्यक्ति वा पदाधिकारीलाई आरोप लगाएर हामी उम्किँदैनौं ।’
उनले जनताले दिएको मतलाई सम्मान गर्ने भन्दै रास्वपालाई आफूहरूले शुभकामना दिएको बताए । उनले नयाँ बन्ने सरकारले सबै भ्रष्टाचारको छानबिन र सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरे ।
उनले चाँडो नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने भन्दै नयाँ सरकारले शासकीय स्वरूप, संविधान संशोधनलगायतको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया