गगनसँग चुनावमा सहकार्य गरेका हौं, विशेष महाधिवेशनलाई हामी चिन्दैनौं : मीन विश्वकर्मा

गगनसँग चुनावमा सहकार्य गरेका हौं, विशेष महाधिवेशनलाई हामी चिन्दैनौं : मीन विश्वकर्मा



काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले विशेष महाधिवेशनलाई आफूहरूले अझै स्वीकार नगरेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगले बदनीयत राखेर गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको बताए ।

नेता विश्वकर्माले भने, ‘हामीले विशेष महाधिवेशनलाई स्वीकारेका छैनौँ । हामीले निर्वाचनमा सहकार्य गरेका हौँ । तर १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिले विशेष महाधिवेशनलाई चिन्दैन ।’

उनले आफू नफुटेको जिकिर गर्दै आधिकारिकता कसको भन्ने अदालतमा मुद्दा विचाराधीन रहेको बताए । उनले थपे, ‘मुद्दाको टुङ्गो नलागेसम्म हामी दुवै पक्षले अस्तित्व स्वीकार गरेको अवस्था छैन । अदालतले जे फैसला गर्छ त्यो स्वीकारेर अघि बढ्छौँ ।’