समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक

समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका ११० सांसदको सूची सार्वजनिक गरेको छ । आयोगले सोमबार सांसद निर्वाचित गरी सूची सार्वजनिक गरेको हो ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले चार/चार सिट पाएका थिए ।