सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ : महामन्त्री बुर्लाकोटी

सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ : महामन्त्री बुर्लाकोटी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

पार्टीका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसदको शपथपछिको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने बताए ।

उनले भने, ‘सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया बढाउँछौँ । सांसदहरूको शपथ लगत्तै बस्ने दलको बैठकले संसदीय दलको नेता चयन गर्छ ।’

बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको रास्वपाले दुई तिहाइ नजिक १८२ सीट जितेको छ । शपथअघि रास्वपाले सांसदहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ ।