काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका छन् । मंगलबार अनुपस्थित रहेका उनी बुधबार भने सहभागी भएका हुन् ।
रास्वपाका अनुसार उनी बुधबार दिउँसो ललितपुरको ग्वार्कोस्थित होटल ट्रुलिपमा पुगेका हुन् । जहाँ पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी सांसदहरूको अभिमुखीकरण चलिरहेको छ ।
अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य सभापति रवि लामिछानेले गर्ने कार्यतालिका तय भएको थियो । उनी सोही कार्यतालिकाका लागि त्यहाँ पुगेका हुन् ।
वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा अनुपस्थित भएका छन् ।


प्रतिक्रिया