संसद सचिवालयले बोलायो ६ दलका प्रतिनिधि

संसद सचिवालयले बोलायो ६ दलका प्रतिनिधि



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामअनुसार नयाँ संसदमा उपस्थिति रहेका ६ दलका प्रतिनिधिलाई संसद सचिवालयले छलफलका लागि बोलाएको छ ।

सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार संसदीय दलहरुको कार्यालय व्यवस्थापन, ती कार्यालयमा कर्मचारी र सेवा–सुविधाका विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो । बैठक दिउँसो २ बजे शुरु हुँदैछ ।

त्यससँगै प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको नयाँ बैठकस्थलको भौतिक संरचनाको वर्तमान स्थितिको जानकारी, निर्माणाधीन अवस्थामा रहेका कारण केही समयका लागि हुनसक्ने केही असुविधाबारे पनि जानकारी दिनुपर्ने कारण उनीहरुलाई बोलाइएको हो ।