काठमाडौं । धादिङका १३ वटा स्थानीय तहले बैठक गरेर संयुक्त विज्ञप्ति जारी गर्दै सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत् दिएको ‘निर्देशन’ प्रति असन्तुष्टि जनाएका छन् ।
धादिङ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेकी रास्वपा सांसद तामाङले ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर नउठाउन निर्देशन दिएकी थिइन् ।
धादिङका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै संघीयता कार्यान्वयन र स्थानीय तहको अधिकार सुनिश्चित गर्न पनि जोड दिएका छन् ।
नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको जनप्रतिनिधिहरूको बैठकले जिल्ला प्रशासन कार्यालय धादिङ र प्रतिनिधि सभा सदस्य तामाङबाट आएका निर्देशनप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको स्थानीय तहको अधिकार कार्यान्वयनमा विभिन्न अवरोध देखिएको उनीहरूको निष्कर्ष छ ।



प्रतिक्रिया