बझाङमा भूकम्पको धक्का महसुस

बझाङमा भूकम्पको धक्का महसुस



काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो १ बजेर १४ मिनेटमा धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

J̌यसअघि, सोमबारै बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।