काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँच अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १ सय ७५ जना चालक कारबाहीमा परेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा राइड सेयरिङको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अनधिकृत सञ्चालन, मापदण्ड उल्लङ्घन र ट्राफिक नियम बेवास्ता गर्ने प्रवृत्ति पनि बढेकाले यो अभियान सञ्चालन गरिएको प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
जथाभावी यात्रु चढाउने–झार्ने, कागजात नहुने र गाडीको प्राविधिक अवस्था कमजोर हुने समस्या पनि भेटिएको उनले जानकारी दिए । ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सञ्चालनका लागि सम्बन्धित निकायको अनुमति, आवश्यक कागजात र ट्राफिक नियमको पालना अनिवार्य छ ।


प्रतिक्रिया