नेकपानिकट जेन-जी रेड फोर्सकी संयोजक पक्राउ

नेकपानिकट जेन-जी रेड फोर्सकी संयोजक पक्राउ



काठमाडौं । नेकपा सम्बद्ध जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । बिहान ११ बजे सादा पोसाकका प्रहरीले ‘पार्टीका मान्छे हौँ, काम छ भन्दै’ अनामनगरबाट उनलाई नियन्त्रणमा लिएका थिए ।

उनलाई पक्राउ गरेलगत्तै भद्रकालीस्थित प्रहरी परिसरमा पुर्‍याइएको बताइन् । सरकारको आलोचना गरेको हुँदा आफूलाई प्रहरीले पक्राउ गरेकाे उनले जानकारी दिइन् ।

तिमल्सिनाका अनुसार प्रहरीले आइन्दा सरकार विरोधी कुनै पनि भिडियो नबनाउन कागज गराएका छन् । ‘कुनै पनि भिडियो बनाउँदा गृह मन्त्रालयको अनुमति लिनुपर्ने भनियो,’ उनले भनिन् ‘प्रहरी कार्यालयमा लिखित कागज गराएर भर्खर छाडिएको छ ।’

तत्कालीन माओवादी निकट उनलाई पार्टीले २९ असोजमा जेन-जी रेडफोर्सको संयोजक बनाएको थियो ।