कांग्रेसले उपसभामुखमा ठाकुरलाई मतदान गर्छ : वासना थापा

कांग्रेसले उपसभामुखमा ठाकुरलाई मतदान गर्छ : वासना थापा



काठमाडौं । नेपाली कांग्रेसकी सांसद वासना थापाले पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने बताएकी छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचनमा पार्टीको धारणा राख्दै ठाकुरलाई मतदान दिने बताएकी हुन् । उनले सदन प्रतिपक्षको बन्न दिएर सभामुखलाई निष्पक्ष भूमिका निभाउन सुझाव दिइन् ।

सरकारलाई राम्रा काम गर्दा समर्थन र संविधान विपरीतका काम गर्दा खबरदारी गर्ने उनले बताइन् ।