खबरदारी !

खबरदारी !



सीमा मिच्दा चुप बस्ने,
देशभक्ति हुँदैन है।
नक्सा मात्रै भित्तामा टाँसी,
कर्तव्य पूरा हुँदैन है।
कालापानी कराउँछ अझै,
लिपुलेकले पुकार्छ।
माटोको पीडा नसुन्नेले,
देशप्रेम के बुझ्छ?
झण्डा बोकेर फोटो खिच्ने,
देशभक्त धेरै भेटिए।
सीमा जोगाउने बेला आउँदा,
शब्दहरू नै हराइदिए।
हामीलाई युद्ध चाहिँदैन,
तर आत्मसमर्पण पनि होइन।
नेपाल आमाको एक इन्च भूमि,
कसैको दान र बक्सिस होइन।
खबरदारी हे शासकहरू,
मौनताले देश बन्दैन।
सीमा मिचिँदा नबोल्नेको
इतिहासमा नाम रहँदैन।