नयाँदिल्ली संसद भवन अगाडी १४ बर्षपछि प्रदर्शन

नयाँदिल्ली संसद भवन अगाडी १४ बर्षपछि प्रदर्शन


ग्लोब नेपाल
216
Shares

नयाँ दिल्ली । ककरोच जनता पार्टीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन पुनः सुरु गरेको छ। संसद भवनतर्फको र्‍याली पछि दिल्ली प्रहरीले सोमबार साँझ ५ बजे जन्तर मन्तरको स्थल खाली गराएको थियो।

तर, प्रदर्शनकारी र अभिजित दीपके ६ घण्टापछि त्यहाँ फर्किएका छन, जहाँ उनीहरूले यसअघि अनसन र प्रदर्शन गरिरहेका थिए । सोमबार राति ११ बजेसम्ममा त्यहाँ ठूलो भीड जम्मा भइसकेको थियो र उनीहरू सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए।

इन्डिया टुडेु सँगको विशेष कुराकानीमा दीपकेले मंगलबार पुनः संसद भवनतर्फ र्‍याली निकालिने बताएका छन । उनले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने र आफूहरूले जन्तर मन्तरको स्थल नछाड्ने दृढता व्यक्त गरेका छन ।

प्रदर्शनकारीहरू धर्मेन्द्र प्रधानको राजीनामासहित ३ वटा माग राखेर सडकमा उत्रिएका छन्। सोमबार दीपकलगायत सीजेपीका समर्थकहरूले संसद् भवनसम्म र्‍याली निकाले।

१४ वर्षयता पहिलो पटक प्रदर्शनकारीहरूको भीड संसद् भवनको मूल ढोकासम्म पुगेको छ। यसअघि सन् २०१२ मा ‘निर्भया’ घटनाको विरोधमा यस क्षेत्रमा ठूलो स्तरको प्रदर्शन भएको थियो।

ककरोच जनता पार्टी ले सोमबार जन्तर मन्तरदेखि संसद भवनसम्म र्‍याली आयोजना गर्‍यो, जुन १४ बर्ष पछि रयाली संसद भवन आसपास पुगेको हो ।  बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडपसमेत भएको थियो ।

भारतीय जनता पार्टीका नेता जेपी नड्डा र ककरोच जनता पार्टीको प्रतिनिधिमण्डलबीच भेटवार्ता भयो। नड्डाले उनीहरूलाई कुनै कारबाही नहुने बताए पछि अवस्था झन बिग्रिएको हो । कक्रोच पार्टीको प्रतिनिधिमण्डलले तीनवटा मागहरू अघि सारेका छन । त्यसपछि धमेन्द्र प्रधान र अमित शाहबीच लामो बैठक भयो तर छलफलको विषयवस्तुबारे विवरण भने सार्वजनिक गरिएको छैन।

अभिजित दीपकेले आफ्नो अनशन तोडेका छन् । २२ दिनदेखि आमरण अनशनमा रहेका अन्य तीन विद्यार्थीले पनि आफ्नो विरोध फिर्ता लिएका छन् तर सोनम वाङचुकले शान्तिपूर्ण विरोधको क्रममा प्रहरीले क्रूर कारबाही गरेको भन्दै आफ्नो अनशन तोड्न अस्वीकार गरेका छन्।

नयाँ दिल्लीका डीसीपी सचिन शर्माले हिजो भएको प्रदर्शनकारी र सुरक्षाकर्मी बिचमा भएको झडपमा ९० देखि १०० प्रहरी कर्मचारी र ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताएका छन ।