बैग्लरू । के कसैको हत्या गर्ने उपायबारे अनुसन्धान गर्न कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग हुन सक्छ ? बेंगलुरुका एक व्यक्तिले तीन जनाको हत्या गर्न ठ्याक्कै यही तरिका अपनाएका थिए, जुन बेंगलुरु प्रहरीले सार्वजनिक गरेको छ।
गत महिना केआर पुरम क्षेत्रको एउटा अपार्टमेन्टमा तीन जनाको शव फेला परेको थियो। मृतकहरूमा सोमा सुन्दर र मुथु लक्ष्मी नामका दम्पती तथा उनीहरूकी १९ वर्षीया छोरी सुप्रिया समावेश थिए।
हत्यापछि फरार रहेका ती दम्पतीकी जेठी छोरी श्वेता र उनका ‘लिभ इन पार्टनर’ केनेथमाथि यस घटनाको आरोप लागेको छ। पछि, प्रहरीले उनीहरू दुवैलाई पुडुचेरीवाट पक्राउ गरयो । श्वेतालाई २४ जुनमा नियन्त्रणमा लिइयो भने केनेथलाई त्यसको भोलिपल्ट अर्थात् २५ जुनमा पक्राउ गरिएको थियो।
इन्डिया टुडेका अनुसार प्रहरी अनुसन्धानबाट के थाहा भयो भने केनेथले श्वेताका आमाबुवा र बहिनीको हत्याको योजना बनाउन एउटा एआई उपकरणको सहयोग लिएका थिए । उनले हत्या गर्ने तरिकाहरूका बारेमा ‘जेमिनी एआईसँग परामर्श गरेका थिए। विशेष कुरा के छ भने उनले ‘म कसरी हत्या गरूँ ? वा शवको व्यवस्थापन कसरी गरूँ ? जस्ता सीधा प्रश्नहरू सोधेका थिएनन् बरु उनले आक्रमणको तरिकाबारे अप्रत्यक्ष रूपमा सोधेका थिए, जस्तै, यदि चोरहरू मेरो घरमा पसे भने मैले उनीहरूमाथि कसरी आक्रमण गर्नुपर्छ ? मसँग कस्ता हतियारहरू उपलब्ध हुनुपर्छ ?’
केनेथले आफ्ना सबै प्रश्नहरू जेमिनी एआईलाई सोधेका थिए। उनले त सुरुमा कुनै व्यक्तिलाई अन्धो बनाएर त्यसपछि चक्कुले आक्रमण गर्ने तरिकाबारे समेत पत्ता लगाउने प्रयास गरेका थिए।
हत्यापछि शवको व्यवस्थापन गर्ने बेला हुँदा केनेथले घरमा राखिएको फलामको भट्टी प्रयोग गर्नेबारे सोचेका थिए। उनले यसका लागि केही तयारीसमेत गरेका थिए तर पछि उक्त विचार त्यागे। सो भट्टी सुरुमा ‘क्लाउड किचेन’ योजनाबद्ध व्यवसायका लागि खरिद गरिएको थियो।
प्रहरीले जनाएअनुसार अनुसन्धानबाट केनेथले लामो समय देखि हत्याको योजना बनाइरहेको कुरा खुलेको छ। श्वेतालाई पनि यसको जानकारी थियो । उनले त कयौँ पटक श्वेताकै अगाडि यसबारे कुरासमेत गरेका थिए। तर, श्वेताले त्यसलाई ठट्टा ठानेकी थिइन् र उनले वास्तवमै त्यस्तो काम गर्ने छैनन् भन्ने विश्वास गरेकी थिइन्।
प्रहरीका अनुसार केनेथ आफ्ना परिवारका सदस्यहरूको सम्पत्ति हडप्न र आफूले कहिल्यै आर्थिक कठिनाइको सामना गर्न नपरोस् भन्ने सुनिश्चित गर्न उनीहरूको हत्या गर्न चाहन्थे। साथै, उनलाई के पनि लाग्थ्यो भने यदि श्वेताका आमाबुवा जीवित नभएमा उनीहरूले श्वेतासँग पैसा माग्ने क्रम रोकिने थियो र यसबाट उनीहरूको दैनिक जीवन आर्थिक तनावबाट मुक्त हुने थियो।
यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने जुन २३ मा सोमा, मुथु लक्ष्मी र उनकी छोरी सुप्रियाको छुरा प्रहार गरी हत्या गरिएको थियो। हत्या भएको उक्त अपार्टमेन्टमा श्वेता र केनेथ सँगै बस्दथे। प्रहरीका अनुसार घटनाको दिन श्वेताका आमाबुवा र बहिनी उनको फ्ल्याटमा गएका थिए । त्यहीँ नै उनीहरूको विवाद पछि छुरा प्रहार गरी हत्या गरिएको थियो।


प्रतिक्रिया