पूर्ववडासचिव शर्माले आफ्नै भाइलाई दले कालोमोसो

पूर्ववडासचिव शर्माले आफ्नै भाइलाई दले कालोमोसो


ग्लोब नेपाल
0
Shares

सुर्खेत। पूर्व गाउँ विकास समितिका सचिव लक्ष्मणप्रसाद शर्माले आफ्नै भाइ नारायणप्रसाद शर्मालाई आज बिहानै कालोमोसो दलेका छन्।

वीरेन्द्रनगर वडा नम्बर २, टेम्पोपार्कमा अवस्थित एक ग्यास पसलमा लाइन बसेको समयमा वीरेन्द्रनगर-१ निवासी लक्ष्मण शर्माले आफ्नै भाइ नारायणलाई कालोमोसो दलेका हुन्।

उनले कालोमोसो दलेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी कवीन्द्र बोहोराले लक्ष्मणलाई नियन्त्रणमा लिएको जानकारी दिए।

“कालोमोसो दलेको आरोपमा उनलाई हामीले नियन्त्रणमा लिएका छौँ। उनले कालोमोसो दलेको स्वीकार गरेका छन्,” डिएसपी बोहोराले भने, “पारिवारिक विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान हुँदै छ।”

(तस्विर प्रतिकात्मक मात्रै हाे)