सुरुङबाट उद्धार गरिएका साह अस्पतालबाट डिस्चार्ज

सुरुङबाट उद्धार गरिएका साह अस्पतालबाट डिस्चार्ज


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गत १० भदौमा रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन ।

बाढीका कारण सुरुङमा फसेको १०औं दिनमा उनको उद्धार गरी उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका थिए । उपचारपछि उनी आज डिस्चार्ज भएको सैनिक प्रवक्ता एवम् सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन । उनी अस्पतालमा भर्ना भएको ७ दिनपछि स्वास्थ्य लाभ गरी घर फर्केका हुन् ।

उनलाई सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बल, प्रहरी र अन्य विज्ञसहितको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका थिए ।

साह आयोजनाका मेकानिकल फोरम्यान हुन् । उक्त सुरुङबाट उनीसँगै अर्का एकको पनि उद्धार गरिएको थियो । उनीहरूलाई हेलिकप्टरमार्फत काठमाण्डू ल्याइएको थियो।