तिनाउको ताण्डव : बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति

तिनाउको ताण्डव : बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति


ग्लोब नेपाल
0
Shares

बुटवल । रातभर परेको भारी वर्षापछि उर्लिएको तिनाउ नदीले बुटवल–११ टप मजुवामा दुई घर बगाएको छ भने थप तीन घरमा क्षति पुर्‍याएको छ।

गएराति आएको बाढीले स्थानीय दुर्गा बानियाँसहित उनका छिमेकीको घर बगाएको हो। बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुर्‍याएको छ।

बाढीका कारण घर जोखिममा परेपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सारिएको बुटवल–११ का वडा सदस्य युवराज रानाले जानकारी दिए।

तिनाउ नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सम्भावित जोखिमबारे प्रशासनले यसअघि नै सचेत गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

गएरातिसम्म वर्षा भए पनि आइतबार बिहानदेखि बुटवलमा वर्षा रोकिएको छ। बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।