२४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा, माडीमा २२२ मिलिमिटर मापन

२४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा, माडीमा २२२ मिलिमिटर मापन


ग्लोब नेपाल
0
Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा धेरै वर्षा चितवनमा मापन गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा दर्ता भएको हो।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मधेश प्रदेशका साथै गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

यसैगरी, कोशी र कर्णाली प्रदेशका धेरैजसो स्थानहरूमा भने हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ। निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा पहिरो र नदीहरूमा बाढीको जोखिम बढेको छ।