सर्लाही । पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–६, कालिन्जोर पुलमा आइतबार राति दुईवटा गाडीसँग ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ । राति पौने ९ बजेतिर बीआर ०१ पिएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएर ब्याक गरी भाग्न खोजेको थियो…