नेपाली कांग्रेस नेतृ रजनी जोन्छेँको निधन

भक्तपुर । नेपाली कांग्रेस महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको आज बिहान उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा निधन भएको छ । उनी सहिद राधेश्याम जोन्छेँकी धर्मपत्नी हुन् । परिवारका अनुसार स्वर्गीय जोन्छेँ केही समयदेखि अस्वस्थ रहँदै आएकी थिइन । उनको निधनले नेपाली काँग्रेस र लोकतान्त्रिक आन्दोलन दुवै क्षेत्रमा अपूरणीय क्षति पुगेको पार्टीका…