अर्जुन दोङको मृत्युपछि कीर्तिपुर अस्पतालमा तनाव

काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मकवानपुरका अर्जुन दोङको उपचारका क्रममा मृत्यु भएपछि कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। दोङको मृत्युको खबर सार्वजनिक भएपछि उनका आफन्त तथा समर्थकहरू अस्पताल परिसरमा भेला भएर प्रदर्शन गरिरहेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ घर भएका…