महिलाको नेतृत्वमा लुम्बिनी निर्माण व्यवसायी संघ, पहिलो महिला अध्यक्ष

महिलाको नेतृत्वमा लुम्बिनी निर्माण व्यवसायी संघ, पहिलो महिला अध्यक्ष


ग्लोब नेपाल
918
Shares

बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा मन्जु भुसाल विजयी भएकी छन् । हिजो शनिबार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट १३४ मत प्राप्त गरी भुसाल अध्यक्षमा निर्वाचित भएकी हुन्। उनी निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित हुने पहिलो महिला हुन् ।

अध्यक्ष पदका अन्य उम्मेदवारहरु गणेश प्रसाद शर्मा र प्रयास खड्काले ८६–८६ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत दिलिप कुमार मल्लिकका अनुसार प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी रमेश बेल्बासे विजयी भएका छन् । प्रथम उपाध्यक्षका उम्मेदवार टिकाबहादुर श्रेष्ठ (सन्तोष) ले ९१ र डण्डपानी पाण्डेले ९५ मत प्राप्त गरेका छन् ।

द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी भुषालकै प्यानलका विष्णु सुब्बा विजयी भएका छन् । द्वितीय उपाध्यक्षका उम्मेदवारहरु अख्तर हुसेन (सरवर) ले ९० र राम रतन गुप्ताले ८० मत प्राप्त गरेका छन् । त्यसैगरी महासचिवमा १२२ मतका साथ स्वतन्त्रका प्रितम रौनियार विजयी भएका छन् । महासचिवका उम्मेदवार अर्जुन उपाध्याय (रिजाल) ले ९२ र दीपककुमार पाण्डेयले ६४ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिवमा १२५ मत प्राप्त गरी भुषाल प्यानलका राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरु अजय रानाले ९१ र महेशकुमार दुबेले ७५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा स्वतन्त्रका यज्नयप्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरु पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सहकोषाध्यक्षमा पवनकुमार मिश्रा १०४ मतका साथ विजयी हुँदा खगेन्द्र बेल्बासेले १०३ र राम राजन तिवारीले ७५ मत प्राप्त गरेका छन् । त्यस्तै, खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री १७४, रोशन प्रसाद भण्डारी १४०, सुरेन्द्र यादव १३०, सतीस मिश्रा १२१ र शुभम रौनियार ११६ मतका साथ विजयी भएका छन् । सदस्यका उम्मेदवारहरु ऋषि भुसालले १०२, सेराज अहमदले ९२, विजय कुवरले ११० र लोकनाथ पंगेनी (गणेश) ले ९३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लुम्बिनी निर्माण व्यवसायी संघ शाखा कार्यालय बुटवलको अध्यक्षमा ९१ मत प्राप्त गरी बुद्धिराज थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्ञानबहादुर पुनले ८३ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा ८८ मतका साथ बाबुराम चौधरी (थारु) विजयी हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बसन्त केसीले ८७ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा किसन आचार्य १०८ का साथ विजयी हुँदा उपाध्यक्षका अर्का उम्मेदवार विष्णुप्रसाद घिमिरेले ५९ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा १०३ मतका साथ हिरा श्रेष्ठ, सहसचिवमा ८५ मतका साथ भुपेन पाण्डे विजयी हुँदा सचिवका उम्मेदवार मोहनकुमार पाण्डेले ६८ र सहसचिवका अर्का उम्मेदवार अर्जुन श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा ९१ मत प्राप्त गरी चित्रबहादुर श्रेष्ठ विजयी हुँदा अर्का उम्मेदवार सजल नेपालले ७२ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा जग नारायण चौधरी १०५, चुरामणि न्यौपाने १०३, सुशील बस्याल १०२, यादव नाथ न्यौपाने १०२, कृष्ण प्रसाद चौधरी ९४ र भरत चौधरी ८३ मत प्राप्त गरी विजयी भएका छन् । सदस्य पदका उम्मेदवारहरु रेशम पाण्डेयले ७३, बोमबहादुर कुवरले ५९, धनबहादुर थापाले ६६ र उत्तम श्रेष्ठले ६४ मत प्राप्त गरेका छन् ।