मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौंबाट युवक पक्राउ

मलेसियामा सहकर्मीको हत्या गरेको अभियोगमा काठमाडौंबाट युवक पक्राउ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । मलेसियामा सहकर्मी नेपालीको हत्या गरेर फरार भएका एक युवक काठमाडौंबाट पक्राउ परेका छन्। महोत्तरी गौशालाका अनिलकुमार साहलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो। 

साहले गत २५ मंसिरमा सहकर्मी झापा शिवसताक्षीका धनबहादुर प्रधानको हत्या गरेका थिए। हत्यापछि नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

मलेसियास्थित नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।