दुई जना मृत अवस्थामा फेला

दुई जना मृत अवस्थामा फेला



काठमाडौं । रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१० चौखावाङ घर भई सोही नगरपालिका–१ बागबजार डेरा गरी बस्ने ४० वर्षीय फल बहादुर वली सोही नगरपालिकाको सेरीगाउँस्थित आफन्तको घरमा आज मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–८ स्थित सप्तकोशीको पूर्वी नहरको ७ नम्बर ढोकाको पानीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यी दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।