काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा पुगेको हो ।
आज जलविद्युत्, उत्पादन र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ‘सर्किट’ लागेको छ । समग्रमा बजार बढेको दिन आज धौलागिरि लघुवित्तको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ ।
बजारसँगै आज कारोबार रकम र संख्या पनि बढेको छ । आज एक करोड ७९ लाख ४९ हजार कित्ता शेयर कारोबार भएकोमा सबैभन्दा धेरै निफ्राकाे आठ लाख ५१ हजार कित्ता शेयर किनबेच भएका छन् ।
आज छ अर्ब ११ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।
प्रतिक्रिया