सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय गर्ने अदालतकाे फैसला

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय गर्ने अदालतकाे फैसला



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।

इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । गत पुस १३ गते बसेको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि बुधबार इजलास बसेको थियो।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो । जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।