सर्लाही । सर्लाही जिल्ला अदालतमा बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस सकिएकाे छ । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे बहस भएको थियो । अदालतले आजै थुनछेक आदेश गर्ने भएको छ । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनबिरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।
आरोपीले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बालयौन शोषण गरेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो ।


प्रतिक्रिया