कामाडौं । पूर्वमन्त्री एवम् एमालेका केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङ अस्वस्थ भएका छन् । ताप्लेजुङ इन्चार्ज रहेका एमाले नेता नेम्वाङ जिल्ला कमिटीको सचिवालय बैठकमा अचानक ढलेका एक नेताले जानकारी दिएका छन् ।
उनलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको एमाले जिल्ला कमिटी ताप्लेजुङले जनाएको छ ।
नेम्वाङको पारिवारिक श्रोतले भन्यो, ‘उहाँ जिल्ला कमिटीको सचिवालयमा भाग लिन जानुभएको थियो । अचानक बिरामी परेपछि जिल्ला अस्पताल लगियो । प्रेसरले हानेको डाक्टरले जानकारी दिएका छन् । अहिले हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।’
नेम्वाङलाई पक्षघात नै भएको हो कि होइन भन्ने विषयमा डाक्टरले केही भनेका छैनन ।
प्रतिक्रिया