जनकपुरधाम । जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त छ । दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीमा तिब्र गतिमा रहेको एन्जल्स सेकेन्डरी स्कुलको बसले हिँडिरहेकी एक जना महिलालाई ठक्कर दिएको हो ।
दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेकाे छ।
ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस प्रहार गरेपनि प्रदर्शनकारी सडकमै छन् । प्रहरीले सडक खुलाउने प्रयासमा प्रहरीले गरिरहेकाे छ । अहिले अवस्था तनाव्रस्त बनेको छ ।
विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेकी महिलाहरुको समूहलाई तीब्र गतिमा गइरहेको बसले ठक्कर दिएको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।


प्रतिक्रिया