निर्वाचन आयाेगले रेशम चाैधरीलाई नाउपाकाे अध्यक्षमा मान्यता दिएन

निर्वाचन आयाेगले रेशम चाैधरीलाई नाउपाकाे अध्यक्षमा मान्यता दिएन



काठमाडौं । निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्षमा रेशम चाैधरीलाई मान्यता नदिने निर्णय गरेकाे छ । बिहीआार बसेकाे आयाेगकाे बैठकले चाैधरीलाई दलकाे सदस्य बन्न अयाेग्य ठहर गरेकाे हाे ।

याेसँगै उनी नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्ष नरहने भएका छन् । हालै पार्टीकाे महाधिवेशनबाट आफू अध्यक्षमा चयन भएकाे भन्दै चाैधरीले अध्यावधिकका लागि आयाेगमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि अध्ययन गर्दै आयाेगले चाैधरीलाई दलकाे सदस्य नै रहन नसक्ने ठहर गरेकाे हाे । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको छ ।

चाैधरी ७ भदाै २०७२ सालमा कैलालीकाे टीकापुरमा भएकाे हत्याकाण्डमा दाेषी ठहर भएका थिए । राष्ट्रपतिबाट आममाफी पाएसँगै उनी जेलमुक्त भएका थिए ।