हिजबुल्लाह लडाकुद्वारा उत्तरी इजरायलतर्फ १०० वटा रकेट प्रहार

हिजबुल्लाह लडाकुद्वारा उत्तरी इजरायलतर्फ १०० वटा रकेट प्रहार



जेरुसेलम । हिजबुल्लाह लडाकुहरूले मङ्गलबार बिहान उत्तरी इजरायलतर्फ लेबनानमा करिब १०० वटा रकेट प्रहार गरेका छन् । सो रकेट आक्रमणपछि इजरायली पक्षले त्यसको जवाफमा हवाइ प्रत्याक्रमण गरेको इजरायली स्रोतले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार रकेटहरू माथिल्लो ग्यालिली क्षेत्र र इजरायलले कब्जा गरेको गोलान हाइट्समा प्रहार गरिएको थियो तर हवाइ प्रतिरक्षा प्रणालीले ती रकेटलाई रोकेको छ ।

इजरायल डिफेन्स फोर्सले आफ्ना लडाकु विमानहरूले बिहान रकेट प्रहार गर्न प्रयोग हुने ३ वटा लन्चरहरूलाई रोकेको बताएको छ । बेरुतबाट करिब ४५ किलोमिटर पूर्वमा रहेको लेबनानको बेका उपत्यकामा इजरायली हवाइ आक्रमणको जवाफमा ‘साल्भोस’ आएको हो ।

गोलान हाइट्स तर्फ हालै हिजबुल्लाह विमान हमलाहरूको बदला लिन हिजबुल्लाहको हवाई सेनासँग सम्बन्धित दुईवटा स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको थियो । इजरायल सीमाबाट करिब १०० किलोमिटर टाढा रहेको बेका उपत्यकालाई हिजबुल्लाहको गढ मानिन्छ ।