काठमाडौं । स्वास्थ्यमा थप समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ‘एयर लिफ्ट’ गरेर काठमाडौं ल्याउन लागिएको छ ।
उनलाई काठमाडौं ल्याउन नियमित उडानबाट समस्या हुने देखिएपछि ‘एयर लिफ्ट’ गर्न लागिएको हो । सिरोहियाको छाती अत्यधिक दुखाइपछि जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउन लागिएको बताइएकाे छ ।
उनलाई आजै केहीबेरपछि काठमाडौं ल्याइँदैछ । नागरिकता प्रकरणमा कान्तिपुर मिडियाको कार्यकक्षबाटै सिरोहियालाई गत मंगलबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई जनकपुर लगिएको हो ।
प्रतिक्रिया