भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय



काठमाडौँ । सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हाे ।

भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यी देशमा कांग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै उनीहरूलाई सरकारले फिर्ता बोलाएको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् ।