काठमाडौँ । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । बुधबार अबेर सम्पन्न मतदान सकिएकोमा ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्याशी चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे । यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए ।
उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार भुर्तेल समूहबाटै निर्वाचित भएका छन् ।
लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव (महिला) मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए । ६८६ जना प्रतिनिधि मध्ये ६७९ ले मतदान गरेका थिए ।
जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित भएका छन् । लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ७ जना निर्वाचित भएका छन् ।


प्रतिक्रिया