काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण बुधबारकाे प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएपनि सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।
सांसदहरूले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध जनाएका थिए ।
त्यसपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेका सांसदहरूलाई प्रत्यक्ष प्रशारणमा नदेखाइएकोले ब्ल्याक आउट गरेर बैठक सञ्चालन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
अब अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ ।


प्रतिक्रिया