मन्त्रिपरिषद् बैठक ४ बजे, ११ देशमा राजदूत नियुक्त गरिने

मन्त्रिपरिषद् बैठक ४ बजे, ११ देशमा राजदूत नियुक्त गरिने


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी रहेकाे बुझिएकाे छ । बिहीबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।