बुटवल । कांग्रेसले विरोध जनाएपछि लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्मा विरोध गरेकाे हो ।
संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सङ्घीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने जानकारी दिएका थिए । उनले सरकारले ल्याएको बजेट पक्षपाती भएको आरोप लगाएका थिए ।
चौधरीले आफ्नो नेतृत्वको सरकारले राजश्वको अनुमान गलत गरेको स्वीकार्दै वर्तमान सरकारले सोही गल्ती दोहोर्याएको दाबी गरे । कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
प्रतिक्रिया