काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राम्रो भएकोले नै बजेट पारित भएको प्रतिक्रिया दिएक छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी भएर बाहिरिने क्रममा संसद् भवनमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
यसअघि सार्वजनिक रुपमै बजेटको आलोचना गर्ने गरेका ओलीले आज पारित भएपछि भने ‘अहिलेको बजेट राम्रो’ रहेको प्रतिक्रिया दिए । उनले भने,‘बजेट राम्रो छ । त्यही भएर पास भयो ।’
त्यसैगरी, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताए । उनले बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न सरकारले आफ्नो सामर्थ्य देखाउनुपर्ने बताए ।
प्रमुख सचेतक बर्तौलाले आएका सुझावलाई अब आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडि बढ्ने बताए । बजेटमाथिको छलफलका क्रममा जे-जस्ता कुरा उठे पनि अब बजेट कार्यान्वयनमा सबै केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया