काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
प्रदेश सम्पर्क कार्यालय ललितपुरमा शुक्रबार बसेको बैठकले जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।
बैठकले प्रदेश संसदीय दललाई विपक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । जम्कट्टेललाई बिहीबार राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा परेका छन् ।
प्रतिक्रिया