माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग

माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग



सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । काठमाडौंका रहेका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए । ‘पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको छुँ,’ उनले भने ।

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए ।