काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आफूसँग भेट गर्न आएका प्रेस काउन्सिलका पदाधिकारीसँग उनले त्यसका लागि काउन्सिलको भूमिका महत्वपूर्ण बताए ।
राष्ट्रपति पौडेलले नयाँ मिडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्ने गरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिए । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे संक्षिप्तरुपमा अवगत गराएको थियो ।
उनले युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चार माध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न काम गर्दै आएको जानकारी दिए ।
प्रतिक्रिया