बेलायती गृह मन्त्रालयले भन्यो– हसिनाले लन्डनमा शरण पाउने सम्भावना छैन

बेलायती गृह मन्त्रालयले भन्यो– हसिनाले लन्डनमा शरण पाउने सम्भावना छैन



काठमाडौं । बंगलादेशमा चर्किएको आन्दोलनपछि राजीनामा दिएर भारतको शरणमा पुगेकी निवर्तमान बंगलादेशी प्रधानमन्त्री शेख हसिना लन्डन शरणमा जाने चर्चा चलिरहेका बेला बेलायती गृह मन्त्रालयले भने शरणको सम्भावना नरहेको बताएको छ ।

भारतीय सञ्चारमाध्यम एनडी टीभीका अनुसार बेलायती गृह मन्त्रालयले शरण दिन बेलायती कानुनले अनुमति नदिने बताएको छ ।

बेलायतले शरण दिन नसक्ने बताएपछि भारतमा शरणमा रहेकी हसिनाको भविष्यबारे अन्योल देखिएको छ ।