काठमाडौं । नेप्सेमा आज ४४ अंकको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो ।
आज ३१९ कम्पनिको कारोबार हुदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज सिइडिबी हाइड्रोको सबै भन्दा बढी १७ करोड ६९ लाख ६४ हजारको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया