साढे २० लाख भारुसहित २ भारतीय पक्राउ

साढे २० लाख भारुसहित २ भारतीय पक्राउ


ग्लोब नेपाल
54
Shares

काठमाडौं । कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
कृष्णनगर नगरपालिका–२ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका सवारी साधन जाँच गर्दा दुई गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

यूपी ४५ ए.एस ६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डी।टी। ५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको सूचना अधिकारी मोहनमणि अधिकारीले जानकारी दिए ।

उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । यसमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।