ओली सरकारविरुद्ध भोलि रास्वपाले माइतीघर मण्डलामा प्रदर्शन गर्ने

ओली सरकारविरुद्ध भोलि रास्वपाले माइतीघर मण्डलामा प्रदर्शन गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारविरुद्ध भोली शुक्रबार देहको संघीय राजधानी काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

भोली दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन रास्वपाको तयारी रहेको छ । प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।

आन्दोलनको तयारीका लागि अहिले जिल्ला, प्रदेश र केन्द्रमा उपलब्ध भएका केन्द्रीय नेताहरूको बैठक बसेको उनले जानकारी दिएका छन । बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भइरहेको उनले जानकारी दिएका छन ।

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् ।