जनमत पार्टीका सांसद गुप्तामाथि हातपात प्रयास !

जनमत पार्टीका सांसद गुप्तामाथि हातपात प्रयास !


ग्लोब नेपाल
108
Shares

रुपन्देही । जनमत पार्टीका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य सीके गुप्तामाथि हातपात प्रयास भएको छ । गुप्तामाथि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शनिबार बिहान युवाहरुको एक समूहले बागमती प्रदेश ३–०१च ६६२७ नम्बरको गाडी रोकेर हातपात प्रयास गरेका हुन् ।

नजिकै रहेको इलाका प्रहरी कार्यालयको प्रहरीले उनलाई सुरक्षा दिएको थियो । गुप्तालाई प्रहरी कार्यालयभित्र सुरक्षा दिएर राखिएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगरातीले प्रदेशसभा सदस्य गुप्तामाथि हातपात प्रयास भएको बताए ।

गुप्ताले कांग्रेस नेता फखरुद्दिन खाँका भतिज एजाज खान नेतृत्वको समूहले आफूमाथि आक्रमण गरेको आरोप गुप्ताले लगाएका छन् । आफूसँगै गाडीमा रहेका आफ्ना सहयोगीलाई गाडीबाट बाहिर थुतेर कुटिएको उनको भनाइ छ । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफलको गरेको छ ।