कार्तिक अन्तिममा प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने

कार्तिक अन्तिममा प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी सुरु गरेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुनसक्ने ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव बाेलाएर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएका छन् ।

सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् ।

नेपालमा नयाँ प्रधानमन्त्री बनेसँगै पहिले दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने सामान्य प्रचलनजस्तै बनिसके पनि चौथोपल्ट प्रधानमन्त्री भएका ओली राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिका पुगेका थिए ।

अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट भए पनि सौहार्दता विकास हुन नसकेको बताइन्छ । यसै क्रममा प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्न लागेका हुन्, जसमा चीनसँगको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा छलफल हुन सक्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।