ग्लोब नेपालका पूर्वप्रधान सम्पादक अधिकारी प्रेस काउन्सिल सदस्यमा नियुक्त

ग्लोब नेपालका पूर्वप्रधान सम्पादक अधिकारी प्रेस काउन्सिल सदस्यमा नियुक्त


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । वरिष्ठ पत्रकार विजयराज अधिकारी र केशवशरण लामिछाने प्रेस काउन्सिल नेपालको सदस्य नियुक्त भएका छन् । अधिकारी ग्लोब नेपालका पूर्वप्रधान सम्पादक हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कात्तिक ९ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारी र लामिछाने सदस्य नियुक्त भएका हुन् । अधिकारी र लामिछानेले मंगलवार पद तथा गोपनियताको सपथ सहित जिम्मेवारी सम्हालेका छन् ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ बमोजिम काउन्सिलमा १ जना अध्यक्ष र ९ जना सदस्य हुन्छन् । नेपाल सरकारले ४ वर्षका लागि नियुक्त गर्नसक्ने अध्यक्ष र सदस्यको नियुक्ति गर्ने व्यववस्था छ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदेन–सदस्य, सूचना विभागका महानिर्देशक सदस्य–सचिव रहने गरी काउन्सिलको गठन हुन्छ ।

प्रेस काउन्सिल पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित, जिम्मेवार पत्रकारिताको विकास गर्ने, प्रेस स्वतन्त्रताको संरक्षणका साथै नेपाल सरकार र सञ्चार माध्यमकाबीच पुलको रूपमा काम गर्ने जिम्मेवारी भएको संस्था हो ।

काउन्सिलका नवनियुक्त सदस्य अधिकारी को हुन् ?
प्रेस काउन्सिल नेपालका नवनियुक्त सदस्य विजयराज अधिकारी २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल छन् । २०३५ सालमा लमजुङको दुराडाँडाँमा जन्मिएका अधिकारी काठमाडौ‌ टोखाका स्थायी वासिन्दा हुन् । अधिकारीले त्रिभुवन विश्वविद्यालयवाट पत्रकारिता तथा आमसंचार बिषयमा स्नातकोत्तर (एमए ) उर्तिण गरेका छन् ।

२०५६ सालदेखि पत्रकारितामा आवद्ध रहदै आएका अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको विज्ञ समुहमा रहेर ( २०७८ असार २९ देखि २०७९ पुष ११ सम्म ) काम गरेका थिए । कान्तिपुर टेलिभिजनको समाचार कक्षमा १८ वर्ष काम गरेका अधिकारीले जिल्ला व्युरो प्रमुख र चर्चित कार्यक्रम फायर साइडको प्रोड्युसरको जिम्मेवारी समेत सम्हालेका थिए।
अधिकारीले एक वर्ष ग्लोब नेपाल डटकमको प्रधान सम्पादक रहेर काम गरेका थिए । लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङदीका संस्थापक रहेका अधिकारी इमान्दार र स्वच्छ छविका पत्रकार हुन् ।

स्पष्ट वक्ता रहेका अधिकारी पत्रकारिताको अध्यापक तथा प्रशिक्षक समेत हुन् । विभिन्न सामाजिक संघ स‌स्थामा संलग्न अधिकारीले केहि समय नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको निर्देशकको जिम्मेवारी समेत वहन गरि प्रशासनिक अनुभव प्राप्त गरेका छन् । अधिकारीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मान समेत प्राप्त गरेका छन् ।