काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमको राजदुतमा सिफारिस सेवा लम्साललाई अनुमोदन गरेको छ । बुधबार भएको लम्सालको सुनुवाई पछि समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
सुनुवाइको क्रममा लम्सालले राजदुतको रुपमा आफ्नो योजना प्रस्तुत गर्दै नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
समितिले अनुमोदन गरेसँगै अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।
लम्सालले २०८० मंसिर २९ बाट परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेकी हुन् । परराष्ट्र सचिवको कार्यकाल ५ वर्ष हुन्छ । उमेरका कारण उनी २०८२ असार ५ गतेसम्म परराष्ट्र सचिव हुन पाउने थिइन् ।
प्रतिक्रिया