काठमाडौं । आगमी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचको लागि एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारमा डा. सुरेन्द्र मानन्धरलाई बनाउने भएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिश भएका हुन् ।
आगामी मंसिर १६ गते विभिन्न कारणले रिक्त हुन पुगेका स्थानीय तहका विभिन्न पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि दलहरुले उम्मेदवार तोक्ने लगायतका तयारी गरिरहेका छन्। एमालेले टुंगो लगाए पनि अन्य दलहरूले भने उम्मेदवारको टुंगो लगाएका छैनन्।
प्रतिक्रिया